
पूर्वी चम्पारण, 27 फरवरी (हि.स.)। द्वितीय अप्पर जिल्ला एवं सत्र न्यायाधीश विद्या प्रसादले कली युगका पुत्रलाई आफ्नै पिताको हत्या गरेको मामिलामा दोषी ठहर गर्दै आजीवन कारावास एवं 20 हजार रुपियाँको अर्थ दण्डको सजाय सुनाएका छन्। अर्थ दण्ड दिन नसकेको खण्डमा अतिरिक्त 6 महिनाको सजाय भोग्नुपर्छ। सजाय कल्याणपुर थानाको ध्रुव पकड़ी गाउं निवासी मृतक लालजी पण्डितका पुत्र ललन पण्डितलाई सुनाइएको हो। यस मामिलामा मृतककी पत्नी महादेवीले आफ्नो पुत्र सहित तीनजनाविरूद्ध कल्याणपुर थानामा मामिला दर्ता गराएकी थिइन् जसमा भनिएको थियो, उनका पतिलाई उनको पेन्शनको पैसाको लागि छोराले दबाव दिन्थ्यो। पेन्शनको राशि नदिएकै कारणले क्रोधित छोराले आफ्नो बुवालाई शत्रु ठान्थ्यो।
16 अगस्त, 2023- को राती तिनी आफ्ना पतिसित सुतेकी थिइन्। राती लगभग 12 बजे छोराले छतको बाटो भएर कोठामा पसी सुतिरहेको आफ्नो पिताको सुतेकै ठाउँमा धारिलो हतियारले प्रहार गरी हत्या गरिदियो। मामिलामा पुलिसले ललन पण्डितविरूद्ध आरोप पत्र न्यायालयमा समर्पित गरेको थियो। सत्रवाद संख्या 52/2024 विचारण अवधि अप्पर लोक अभियोजक सुदामा बैठाले सातजना गवाहहरूलाई न्यायालयमा पेश गरेर अभियोजन साक्ष्य राखे। न्यायाधीशले दुवै पक्षको तर्क सुनेपछि धारा 302 भादविमा दोषी पाएपछि उक्त सजाय सुनाए। कारागारमा बिताएको समयलाई पनि सजायमा समायोजन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा