
मालदा, 28 फरवरी (हि.स)। जिल्लाको सरकारी स्वास्थ्य व्यवस्थामाथि फेरि एकपटक गम्भीर प्रश्न उठेको छ। समसी ग्रामीण अस्पतालमा तैनाथ एकजना डाक्टरले मातेर डेढ़ वर्षीय बालिकालाई गलत औषधि दिएको आरोप लागेको छ।घटनापछि गए शुक्रवार अबेर राति अस्पताल परिसरमा बबाल मचियो।
जानकारी अनुसार समसीको कांडारम क्षेत्र निवासी कानू कर्मकारकी डेढ़ वर्षीय छोरीलाई अचानक श्वास-प्रश्वासमा समस्या भएको कारणले हतार-हतार परिवारले उसलाई समसी ग्रामीण अस्पतालको इमरजेन्सी विभागमा पुऱ्यायो। परिवारको आरोप छ, त्यसबेला ड्यूटीमा उपस्थित डाक्टर मातेका थिए जसले राम्ररी जाँच नगरी बालिकालाई औषधि दिए।
औषधि खाएपछि बालिकाको अवस्था द्रूत गतिमा बिग्रिन थाल्यो। यसबाट आक्रोशित परिवारजनले अस्पतालमा विरोध प्रदर्शन शुरू गऱ्यो। डाक्टर मातेको खबर फैलिनसाथ स्थानीय मानिसहरू पनि अस्पतालमा पुगे, त्यसपछि स्थिति तनाउपूर्ण भयो। सूचना पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। बालिकालाई तत्कालै गम्भीर अअवस्थामा चाँचल सुपर स्पेशलिटी अस्पतालमा लगियो जहाँ उसको उपचार भइरहेको छ।
रतुआ-1 ब्लकका बीएमओएच डा. राकेश कुमारले भने, मामिला अत्यन्त संवेदनशील छ जसको उच्च स्तरीय जाँच गर्ने आदेश दिइएको छ। जाँच रिपोर्टको आधारमा आवश्यक कारबाही गरिनेछ। घटनापछि सम्पूर्ण क्षेत्रमा आक्रोश व्याप्त भएको छ। परिवारजनले आरोपी डाक्टरविरूद्ध कड़ा कानूनी कारबाही गर्ने माग गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा