मुख्यमन्त्री डा. यादवले राष्ट्रिय विज्ञान दिवसमा दिए शुभकामना
मुख्यमन्त्री डा. यादवले राष्ट्रिय विज्ञान दिवसमा दिए शुभकामना


भाेपाल, 28 फ़रवरी (हि.स.)। आज अर्थात शनिवार 'राष्ट्रिय विज्ञान दिवस' हो। हरेक वर्ष 28 फरवरीको दिन राष्ट्रिय विज्ञान दिवस मनाइन्छ। आजकै दिन 28 फरवरी, 1928-मा महान वैज्ञानिक सीवी रमनले आफ्नो प्रख्यात रमन प्रभावको खोज गरेका थिए। यसै खोजको सम्मानमा 28 फरवरीलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ। मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले राष्ट्रिय विज्ञान दिवसमा सबैलाई शुभकामा दिए।

मुख्यमन्त्री डाा. यादवले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरी आफ्नो शुभकामना सन्देशमा लेखे, राष्ट्रिय विज्ञान दिवसको हार्दिक बधाई एवं शुभकामना। वर्ष 1928- मा आजकै दिन महान वैज्ञानिक डा. सीवी रमनजीको खोज 'रमन प्रभाव'- सित दुनियाँ परिचित भएको थियो। यस खोजले विज्ञान जगतलाई नयाँ दिशा दियो। यो अवसरले विज्ञानको लागि समर्पित प्रतिभाहरूलाई विश्व कल्याणको निम्ति कार्य गर्ने प्रेरणा दिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande