
गुवाहाटी, 28 फरवरी (हि.स.)। आगामी विधानसभा चुनाउअघि भारतीय जनता पार्टी (भाजपा)-ले आजदेखि असममा राज्यव्यापी ‘जन आशीर्वाद यात्रा’ आरम्भ गरेको छ। यो यात्रा जनसम्पर्क अभियान अन्तर्गत आयोजना गरिएको हो जसको उद्देश्य राज्यभरिका मानिसहरूसित प्रत्यक्ष सम्वाद स्थापना गर्नु हो।
यात्राको शुभारम्भ आज मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको उपस्थितिमा शोणितपुर जिल्लाको ढेकियाजुली विधानसभा क्षेत्रस्थित गुप्तेश्वर मन्दिरबाट गरियो। भाजपाले यस अभियान अवधि प्रतिदिन लगभग एक लाख मानिसहरूसित सम्पर्क गर्ने लक्ष्य निर्धारण गरेको छ। यो पहिलो चरणको यात्रा 28 फरवरीदेखि आगामी 9 मार्चसम्म चल्नेछ जसमा 34 वटा विधानसभा क्षेत्रहरूलाई सामेल गरिएको छ।
प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले बताए, यस यात्राको मुख्य उद्देश्य राज्यका जनसाधारमसित व्यापक सम्पर्क स्थापना गर्नु तथा पार्टीका उपलब्धि, लक्ष्य अनि भविष्यका योजनाहरूलाई जनता समक्ष राख्नु हो। उनले भने, पहिलो चरणमा 34 वटा विधानसभा क्षेत्रहरूलाई कभर गरिनेछ।
उनले यो पनि भने, यस पहलको लक्ष्य धरातलीय स्तरमा संगठनलाई मजबुत बनाउनु अनि विधानसभा चुनाउपूर्व जनसमर्थनलाई एकजुट गर्नु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा