कंग्रेससित राइजर दलको गठबन्धन आज आधा रातमा समाप्त हुनसक्छ: अखिल गोगोई
कंग्रेससित राइजर दलको गठबन्धन आज आधा रातमा समाप्त हुनसक्छ: अखिल गोगोई


गुवाहाटी, 28 फरवरी (हि.स.)। राइजोर दलका अध्यक्ष अखिल गोगोईले घोषणा गरेका छन्, यदि सीट बाँड़फांड़लाई लिएर कंग्रेसको पक्षबाट सकारात्मक जवाफ आएन भने आज राति 12 बजे पार्टीले कंग्रेससितको आफ्नो गठबन्धनलाई समाप्त गर्नेछ।

अखिल गोगोईले भने, राइजर दल 12 सीटको आफ्नो मागमाथि अडिग छ। उनले आरोप लगाए, अहिलेसम्ममा कंग्रेसको पक्षबाट कुनै पनि प्रकारको सकारात्मक आश्वासन दिइएको छैन जबकि यस विषयमा कैयौं चरणको बातचित भइसकेको छ।

उनले स्पष्ट पारे, अन्तिम निर्णय आज राति 12 बजे घोषणा गरिनेछ। गोगोईले भने, पार्टी आफ्नो अड़ानदेखि पछि हट्ने छैन। आवश्यकता परे स्वतन्त्र रूपमा अगाड़ी बढ़्नको लागि तयार छ।

स्मरण गराइन्छ, आगामी विधानसभा चुनाउलाई लिएर विपक्षी दलहरूबीच सीट बाँड़फाँड़माथि बातचित भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande