दौल उत्सवपछि घोषणा हुनेछ भाजपा प्रत्याशीहरूको सूचीः दिलीप सौकिया
दौल उत्सवपछि घोषणा हुनेछ भाजपा प्रत्याशीहरूको सूचीः दिलीप सौकिया


नलबाड़ी, 28 फरवरी (हि.स.)। आगामी 16औं असम विधानसभा चुनाउलाी लिएर राज्यमा राजनीतिक गतिविधिहरू तीव्र भएका छन्। चुनाउको तिथि नजिकिन थालेपछि विभिन्न राजनीतिक दलहरूले आफ्नो तयारीलाई पनि तीव्रता दिएका छन्। तथापि कंग्रेस र सत्तारूढ़ भारतीय जनता पार्टी (भाजपा)-ले अहिलेसम्म आफ्ना प्रत्याशीहरूको सूची जारी गरेको नगरेको भए पनि चाँड़ै नै सूची घोषणा गर्ने संकेत दिएको छ।

भाजपाका प्रदेश अध्यक्ष दिलीप सैकियाले भनेका छन्, पार्टी प्रत्याशीहरूको सूची दौल (होली) उत्सवपछि घोषणा गरिनेछ। उनले बताए, केन्द्रिय संसदीय बोर्डको बैठक पश्चात पहिलो अनि दोस्रो सूची दिल्ली स्थित पार्टीको राष्ट्रिय कार्यालयबाट जारी गरिनेछ।

नलबाड़ीमा उत्तर नलबाड़ी मण्डल भाजपा कार्यालयको उद्घाटनको अवसरमा पत्रकारहरूसित बातचित गर्दै उनले सो जानकारी गराए। कार्यालयको उद्घाटन प्रदेश अध्यक्ष सैकियाले गरे। यस अवसरमा स्थानीय विधायक अनि क्याबिनेट मन्त्री जयन्त मल्लबरुवा, जिल्ला भाजपा अध्यक्ष जयन्त बु़जरबरुवा तथा मण्डल अध्यक्ष नन्दलाल सरकार सहित अन्य पदाधिकारीहरू उपस्थित थिए।

सैकियाले विश्वास व्यक्त गरे, पछिल्लो दश वर्षमा विशेष पछिल्लो पाँच वर्षमा राज्यमा भएको अभूतपूर्व विकास तथा सुरक्षाको क्षेत्रमा गरिएका कार्यहरूको आधारमा आगामी विधानसभा चुनाउमा जनताको आशीर्वाद भाजपा अनि मुख्यमन्त्रीलाई प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande