
गुवाहाटी, 28 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार कार्बी समाजका महान नेता सेमसनसिंग इंग्तीकौ पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले भने, इंग्तीले असमको जनजातिय समाजको अधिकार, आत्मसम्मान औ पहिचान रक्षाका लागि आफ्नो सम्पूर्ण जीवन नै समर्पित गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा सेमसनसिंग इंग्तीलाई कार्बी आंगलोंगका जनक बताउँदै भने, उनले सम्पर्ण कार्बी समाजलाई एक सूत्रमा बाँध्ने काम गरे साथै क्षेत्रको लागि नयाँ दिशा तय गर्नमा महत्वपूर्ण भूमिका निभाए। कार्बी आंगलोंग तथा सम्पूर्ण पहाड़ी असमको विकास, एकता तथा स्वाभिमानको लागि उनको योगदान सदैव स्मरणीय रहनेछ।
डा. सरमाले भने, इंग्तीको आदर्श, संघर्षशील व्यक्तित्व औ समाजसेवाको भावना भावी पिँढ़ीको लागि प्रेरणाको श्रोत बनिरहनेछ। मुख्यमन्त्रीले उनको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली चढ़ाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा