पूर्व मेदिनीपुरमा 14 कम्पनी केन्द्रिय बल तैनाथ हुनेछ
पूर्व मेदिनीपुरमा 14 कम्पनी केन्द्रिय बल तैनाथ हुनेछ


मेदिनीपुर, 28 फरवरी (हि. स.)। आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर पूर्व मेदिनीपुर जिल्लामा सुरक्षाको ठोस व्यवस्था गरिंदैछ। प्रशासनले जिल्लामा 14 कम्पनी केन्द्रिय बललाई तैनाथ गर्ने निर्णय लिएको छ। राजनीतिक रूपमा संवेदनशील मानिने जिल्लाका विभिन्न क्षेत्रहरूमा विशेष निगारनी राखिनेछ।

जिल्ला प्रशासन अनुसार केन्द्रिय बलहरूलाई राख्ने व्यवस्थाको लागि दस वटा ठाउँलाई चिन्हित गरिएको छ जसमा तमलुकस्थित स्वामी विवेकानन्द लोको भारती ट्रस्ट, पाँशकुड़ा किसान मण्डी, मोयनाको विवेकानन्द मिशन कलेज, हल्दियाको सतीश सामन्त ट्रेड सेन्टर परीक्षा भवन, भवानीपुरको मेघनाथ साहा कलेज, नन्दीग्रामको कालीचरणपुर बाढ़ आश्रय केन्द्र, कान्थीको पिछाबनी बाढ़ आश्रय केन्द्र, भूपतिनगरको ओदलचुआ बीएड कलेज, खेजुरीको विद्यामन्दिर तथा एगराको मार्केटिंग सोसाइटी सामेल छन्।

शनिवार बिहान भाजपाका तमलुक जिल्ला महासचिव सकान्त चौधरीले भने,निष्पक्ष चुनाउ सुनिश्चित गर्नको लागि निर्धारित नियमहरू अनुसार कारबाही गरिँदैछ।

जिल्लाधिकारी यूनिस ऋषिन इस्माइलले बताए, चुनाउपूर्व जिल्लामा शान्ति एवं सुरक्षालाई कायम राख्नको लागि केन्द्रिय बलले पुलिस प्रशासनसित समन्वय राखेर काम गर्नेछ। प्रत्येक संवेदनशील क्षेत्रमा निगरानी बढ़ाइनेछ।

तमलुक जिल्ला तृणमल कंग्रेस अध्यक्ष सुजित रायले आरोप लगाे, विपक्ष केन्द्रिय बल, ईडी, सीबीआई र चुनाउ आयोगको सहारामा चुनाउ जित्न चाहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande