भाजपा कार्यकर्ताको घरमा बमवर्षा, आरोप तृणमूलमाथि
भाजपा कार्यकर्ताको घरमा बमवर्षा, आरोप तृणमूलमाथि


आसनसोल, 28 फ़रवरी (हि.स.)। दुर्गापुरको इस्पात नगरीमा एक जना भाजपा कार्यकर्ताको घर सामु बम फालियो। घटना गए शुक्रवार राति लगभग 9 बजी इस्पात नगरीको रामा प्रताप रोड क्षेत्रमा भएको हो। दुर्गापुर इस्ट नम्बर-1 मण्डलकी जनरल सेक्रेटरी शाश्वती गिरी सोही क्षेत्रमा बस्छन्। आरोप छ, अज्ञात उपद्र्वीहरूले उनको घर सामु बम फालेर भागे। तीव्र आवाज सुनेर परिवारका सदस्यहरू भयभित भए। खबर पाएपछि दुर्गापुर थाना पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो।

परिवारकी वरिष्ठ सदस्य रिना नन्दीले भनिन्, उनकी छोरी भाजपाकी सदस्य हुन् र पार्टी कार्यकर्ताहरू उनीहरूको घरमा आउ-जाउ गरिरहन्छन्। तथा उनीहरूले यस हमलाको कारण थाहा पाउन सकिरहेका छैनन्। घटनामा को-को सामेल थिए त्यो पनि उनीहरूले देखेनन्।

शनिवार भाजपाका ज़िल्ला उपाध्यक्ष चन्द्रशेखर ब्यनर्जीले भने, चुनाउपूर्व भाजपा कार्यकर्ताहरूलाई डर देखाउँदा, धम्की दिँदा केही फाइदा हुनेवाला छैन।

तथापि स्थानीय तृणमूल नेता राजीव घोषले उक्त आरोपलाई पूर्ण रूपले खारेज गर्दै दाबी गरे, शाश्वती गिरी भाजपा सदस्य हुन् भन्ने कुरा उनलाई थाहा नै थिएन। भाजपा लिडर शाश्वती गिरीले दोषीहरूलाई कड़ा सजाय दिने माग गरेकी छन् साथै परिवारको सुरक्षा सुनिश्चित गर्ने अपील पनि गरेकी छन्।

----

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande