
कोलकाता, 28 फरवरी (हि. स.)। पश्चिम बंगालमा चुनाउ अवधि केन्द्रिय बलहरूको आवश्यकतामाथि बल दिँदै भारतीय जनता पार्टी (भाजपा) नेता दिलीप घोषले भने, केन्द्रिय बलहरू बिना राज्यमा निष्पक्ष चुनाउ सम्भव हुनेछैन। शनिवार बिहान कोलकातामा पत्रकारहरूसित बातचित गर्दै घोषले आरोप लगाए, राज्यमा पहिला पनि तनाउ अनि हिंसाको माहोलबीच एसआईआर प्रक्रियालाई संचालन गरिएको थियो जसबाट मतदाताहरूमा भय व्याप्त भएको छ।
उनले भने, चुनाउ एक संवेदनशील प्रक्रिया हो भने मतदाताहरूले निर्भय भएर मतदान गर्ने अवसर पाउनुपर्छ। घोष अनुसार चुनाउको बेलामा जनताले स्वयं केन्द्रिय बलहरूको माग गरिरहेका छन्।
भाजपाको परिवर्तन यात्रामाथि उनले भने, राज्यसरकारले अनुमति दिरहेको छैन, तर हामीसित अदालतको अनुमति छ। हामी निश्चय पनि अगाड़ी बढ़्नेछौं। उनले दाबी गरे, आगामी चुनाउमा राज्यका जनता परिवर्तन चाहन्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा