
लातेहार, 28 फरवरी (हि.स.)। जिल्लाको महुआडाँड़ थाना क्षेत्रमा एक नाबालिग आदिवासी बालिकासित सामूहिक बलात्कारको घटना घटेको छ। जानकारी पाएपछि पुलिसले द्रुत गतिमा कारबाही गर्दै दुई जना अभियुक्तलाई पक्राउ गरेको छ। घटनामा तीन नाबालिग केटाहरू पनि संलग्न छन्। उनीहरूलाई हिरासतमा राखिएको छ भने दुई वयस्क अपराधीलाई जेल पठाइएको छ।
थाना प्रभारी मनोज कुमारले शनिवार प्रेस वार्ता गरी बताए, बालिका विवाह समारोहमा भाग लिन महुआडाँड़ थाना क्षेत्रको एक गाउँमा गएकी थिई। समारोहमा पाँच जना केटाहरू पनि उपस्थित थिए। शुक्रवार राति अभियुक्तले बालिकालाई अपहरण गरे, गाउँबाट केही टाढ़ा लगेर सामूहिक बलात्कार गरे। त्यसपछि उनीहरू त्यहाँबाट भागे। शनिवार बालिकाकी आमाले थानामा यस सम्बन्धमा उजुरी दर्ता गरिन्। उजुरीको आधारमा पुलिसले तुरुन्तै कारबाही गर्दै दुई अभियुक्तहरूलाई पहिचान गरी हिरासतमा लिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी