
कोलकाता, 28 फरवरी (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले शनिवार सोशल मीडिया मञच एक्समा देश एवं संस्कृतिका दुई महान व्यक्तित्वहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। एकातर उनले भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई उनको पुण्यतिथिमा स्मरण गरिन् भने अर्कोतिर बंगाली रंगमञ्चका महान नाटककार गिरिशचन्द्र घोषको जयन्तीमा उनलाई विनम्र श्रद्धाञ्जली दिइन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा डा, राजेन्द्र प्रसादलाई स्मरण गर्दै लेखिन्, उनी स्वतन्त्र भारता यस्ता राष्ट्रपति थिए जसको जीवन साधारण, सत्य औ राष्ट्रसेवाको प्रतीक रह्यो। संविधान निर्माणदेखि लिएर लोकतान्त्रिक मूल्यहरूको स्थापनासम्म उनले पुऱ्याएका योगदानलाई देशले सदैव स्मरण गरिरहनेछ।
एक अन्य पोस्टमा ममता ब्यानर्जीले बंगाली रंगमञ्चका दिग्गज गिरिशचन्द्र घोषको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गर्दै भनिन्, उनी बंगाली रंगमञ्चका किँवदन्ती थिए जसको योगदानले आज पनि कला-संस्कृति प्रेमीहरूलाई प्रेरित गर्दछ। उनले उल्लेख गरिन्, श्री श्री रामकृष्णदेवको सान्निध्यले धन्य यी महान कलाकारले बंगाली रंगमञ्चलाई नयाँ उचाईँमा पुऱ्याए।
मुख्यमन्त्री अनुसार गिरिशचन्द्र घोष एक जना श्रेष्ठ नाटककार औ अभिनेता मात्र थिएनन्, उनी आध्यात्मिक चेतना अनि मानवीय मूल्यहरूलाई पनि आफ्नो कार्यहरूको माध्यमबाट समाजसम्म पुऱ्याउनमा सफल भएका थिए। त्यसैले आज पनि उनी मानिसहरूको हृदयमा चिरस्मरणीय भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा