
इम्फाल, 28 फरवरी (हि.स.)। मणिपुरको चुराचाँदपुर जिल्ला पुलिसले गुप्त जानकारीको आधारमा अभियान संचालन गरी मादक पदार्थसितै एकजना महिला तस्करलाई पक्राउ गरेको छ।
मणिपुर पुलिस मुख्यालयले शनिवार बतायो, गए शुक्रवार राती पुलिसले चुराचाँदपुर जिल्लाको चुराचाँदपुर थाना अन्तर्गत कन्नन वेंग, वाईपीए रोड क्षेत्रबाट किराना पसलबाट एकजना महिलालाई मादक पदार्थसितै पक्राउ गऱ्यो। तस्कर महिलाको पहिचान जायन वेंग निवासी थुआमलिंडिङ (56) को रूपमा गरिएको छ।
महिलाबाट पाँच वटा साबुनदाकीमा लुकाएर राखिएको हेरोइन, 5.35 किग्रा डब्ल्यूवाई ट्याबलेट, एउटा टू-व्हीलर, जुपिटर टीभीएस वाहन औ एउटा मोबाइल फाेन जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा