सड़क दुर्घटनामा एक जनाको मृत्यु
सड़क दुर्घटनामा एक जनाको मृत्यु


शिवसागर (असम), 28 फरवरी (हि.स.)। शिवसागर जिल्लाको भाटियापारा क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एक जना इञ्जीनियरको घटनास्थलमै मृत्यु भयो।

पुलिसले शनिवार बताए अनुसार जिल्लाको भाटियापारा क्षेत्रमा भएको सड़क दुर्घटनामा एकजना इञ्जीनियरको घटनास्थलमै मृत्यु भयो। मृत इञ्जीनियरको पहिचान विद्याजित बरूवाको रूपमा गरिएको छ।

घटना बारे जानकारी पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande