
भुवनेश्वर, 28 फरवरी (हि.स.)। ओडिशा सरकारले राज्यका विभिन्न जिल्ला, उपखण्ड, ब्लक आदिको अपभ्रंश अंग्रेजी नामहरूलाई संशोधन गरेर उनीहरूको मूल ओड़िया नामलाई पुनर्स्थापना गर्ने निर्णय लिएको छ। यस सम्बन्धमा राजस्व एवं आपदा प्रबन्धन विभागका अतिरिक्त मुख्य सचिव डा. अरविन्द पाढ़ीले सबै जिल्लाधिकारीहरूलाई प्रस्ताव पठाउनको लागि पक्ष लेखेका छन्।
पत्रमा उल्लेख गरिएको छ, राज्यका केही स्थानहरूको सरकारी उपयोगमा प्रचलित अंग्रेजी नाम त्यसको प्रमाणिक ओड़िया नामको विकृत रूप हो। यस्ता विकृतिहरूले राज्यको वास्तविक भाषागत तथा सांस्कृतिक पहिचानलाई गलत ढंगमा प्रस्तुत गर्नको साथै ओड़िया अस्मितालाई पनि प्रभावित पार्दछ। उदाहरणस्वरूप “आली” खण्डको आधिकारिक अंग्रेजी नाम “AUL” हो जुन ब्रिटिश शासन कालमा उच्चारण सम्बन्धी कठिनाईको कारण प्रचलित एक गलत वर्तनी हो। यसलाई संशोधन गर्न आवश्यक छ।
यस विषयमा पूर्वमा सबै जिल्लाधिकारीहरूसित विस्तृत रिपोर्ट मागिएको थियो जसमध्ये अहिलेसम्ममा 13 वटा जिल्लाहरूबाट सूचना प्राप्त भइसकेको छ। यसै आधारमा विधायकगण, सांसदगण तथा आम नागरिकहरूबाट सुझाउ लिइयो। यस अतिरिक्त यस विषयमा केही नयां प्रस्ताव पनि विभागलाई प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा