पानीपतः नाबालिकसित सामूहिक बलात्कारको आरोपी पक्राउ
पानीपतः नाबालिकसित सामूहिक बलात्कारको आरोपी पक्राउ


पानीपत, 28 फरवरी (हि.स.)। पानीपतको थाना सनौली क्षेत्रमा एक जना नाबालिकासित सामूहिक बलात्कार तथा ज्यानमारा धम्की दिएको मामिला दर्ता भएको छ। पीड़िताका पिताले पुलिसमा गरेको सिकायतको आधारमा पुलिसले चार जना युवकहरू विरूद्ध पोक्सो एक्ट सहित अन्य गम्भीर धाराहरू अन्तर्गत मामिला दर्ता गरी तत्काल कारबाही शुरू गरेको छ।

थाना सनौलीमा शुक्रवार गरिएको सिकायत अनुसार घटना गत 20 फरवरीको दिन भएको थियो। आरोप छ, सूचीबद्ध आरोपीहरूले पीड़ितालाई फकाई-फुस्लाई एक सुनसान ठाउँमा लिएर गए जहाँ पीड़ितासित सामूहिक बलात्कार गरियो। दुष्कर्म गरेपछि आरोपीहरूले पीड़ितालाई कसलाई बतायो भने परिवारको हत्या गरिदिने धम्की दिए। पुलिसले चार जना मुख्य आरोपीहरूको नाम सूचीबद्ध गरेको छ जसको पहिचान साहिल, सदाकत, अमान, शाहवेजको रुपमा भएको छ। यिनीहरू सबै एकै ठाउँका रहेको बताइएको छ। पुलिसले आरोपीहरू विरूद्ध सामूहिक बलात्कार, ज्यानमारा धम्की तथा पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरी शनिवार एक जना आरोपीलाई पक्राउ गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande