आदि पत्रकार पाद्री गंगाप्रसाद प्रधानलाई मरणोपरान्त दार्जिलिङ प्रेस गिल्ड सम्मान
Press guild darjeeling


दार्जिलिङ, 28 फरवरी (हि.स.)। दार्जिलिङ प्रेस गिल्डको 25औं स्थापना दिवसमा आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानलाई मरणोपरान्त दार्जिलिङ प्रेस गिल्ड सम्मान प्रदान गरिएको छ। यस अवसरमा पादरीका परिवारका सदस्यहरूलाई पनि सम्मान जनाइयो।

कार्यक्रममा भारतीय नेपाली गोर्खाहरुका आदि पत्रकार एवं गोर्खे खबर कागतका सम्पादक पाद्री गङ्गाप्रसाद प्रधानको सातौँ पुस्तासम्मका परिवारका सदस्य सदस्याहरुलाई सम्मान जनाइएको छ। पाद्री गङ्गाप्रसाद प्रधानको चौथो पुस्ता नाति स्व महेन्द्र प्रधानको छोरा जीवन प्रधान (जो पाँचौं पुस्ता) र उनका परिवारका सदस्य सदस्याहरू र सातौँ पुस्ताका सबैभन्दा सानो बालकसम्मलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिको बाहुलीबाट सम्मान जनाइयो।

कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको परिवारलाई खदार्पणसहित शल ओढाएर स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो। प्रेस गिल्डका सह सचिव एवं पत्रकार धनराज घिसिङले पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी र योगदान विषयमा प्रकाश पारेका थिए।

पाद्री गङ्गाप्रसाद प्रधानको पाँचौँ पुस्ताका सदस्य जीवन प्रधानले यस सम्मानको लागि दार्जिलिङ प्रेस गिल्डलाई धन्यवाद दिए। उनले यो सम्मानले आफुहरुलाई पनि ऊर्जा प्राप्त भएको विचार व्यक्त गरे।

उल्लेखनीय छ, दार्जिलिङ प्रेस गिल्डले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान जनाउँदै आएको छ। यस क्रममा यसपाली आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानलाई श्रद्धाञ्जलीसहित उनको परिवारलाई सम्मानित गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande