
मिरजापुर, 28 फरवरी (हि.स.)। जिगना थाना क्षेत्रको भौंरूपर हरगढ़ गाउँमा गए शुक्रवार संदिग्ध परिस्थितिमा विवाहिताको मृत्यु भयो। माइती पक्षको सिकायतमा पुलिसले शनिवार पति सहित चार जना विरूद्ध दाइजो उत्पीड़न तथा दाइजो प्रतिषेध अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ।
थाना प्रभारी सञ्जय सिंहले बताए, प्रयागराज जिल्लाको मेजा थाना अन्तर्गत बिजौरा सिरसा गाउँ निवासी छत्तर लाल निषादले सिकायतमा बताए, एक वर्ष अगाड़ी उनले आफ्नी छोरीको विवाह भौंरूपर हरगढ़ निवासी मनबोध निषादका पुत्र गोपालसित हिन्दू परम्परा अनुसार गराएका थिए।
आरोप छ, विवाह भएको केही महिनापछिदेखि नै ससुराली पक्षका मानिसहरूले एउटा बाइक र एक लाख रुपियाँ नगदको मागमा छोरीलाई प्रताड़ित गर्न थाल्यो। पिताको आरोप छ, दाइजोका लोभीहरूले छोरीको ज्यान समेत लिएका छन्। यस मामिलामा उनीद्वारा दर्ता सिकायतको आधारमा पुलिसले महिलाका पति गोपाल, उसको पिता ससुरा मनबोध र सासु शाहराजी देवी अनि देवर गेरखविरूद्ध मुद्दा दर्ता गरेको छ। आरोपीहरूलाई पक्राउ गर्ने प्रयास गरिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा