
रायपुर, 28 फरवरी (हि.स.)। अपराध विरोधी तथा साइबर युनिट र आजाद चौक पुलिसले शुक्रवार राति सवारी साधन जाँचको क्रममा एक व्यक्तिबाट 75 लाख रुपियाँ नगदी जफत गरेको छ। पुलिसले आयकर विभागलाई जानकारी गराएको छ।
पुलिसले जानकारी गराएको छ, थाना आजाद चौक क्षेत्रान्तर्गत समता कोलोनीमा सवारी साधन जाँचको क्रममा एक व्यक्तिबाट 75 लाख रुपियाँ नगदी जफत भएको छ। सोधपुछको क्रममा आरोपीले आफूलाई रायपुरको आजाद चौक निवासी मिलन शर्माको रूपमा चिनायो।
नगदी सम्बन्धी कागजातहरू पेश गर्न भन्दा पनि उसले पुलिसलाई भ्रमित गर्न जारी राख्यो। नगदी बाहेक पुलिसले उदेखि चार वटा मोबाइल फोन र एक्टिभा गाड़ी पनि जफत गरेको छ। पुलिसले मिलन विरुद्ध आजाद चौक थानामा मुद्दा दर्ता गरेको छ र आयकर विभागलाई जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी