खरसाङ नगरपालिकाको वार्ड नम्बर 14 र 18 मा अमृत 2.0 जल परियोजना देखरेख एवं बुथ कमिटी गठन
bgpm meeting


खरसाङ, 28 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे पहलमा आज वार्ड नम्बर 14 कोे महिला कल्याण समिति भवनमा आयोजित एक कार्यक्रममा आगामी विधानसभा चुनाउको निम्ति बुथ कमिटी साथै अमृत 2.0 जल परियोजनाकोे निरीक्षण कमिटी गठन गरियो। टाउन कमिटी अध्यक्ष राजु शर्माकोे अध्यक्षतामा सम्पन्न भएको सभालाई टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, खरसाङ नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्की, टाउन कमिटी नारी शक्तिकी अध्यक्षा देविका प्रधान सुब्बा , टाउन कमिटी नारी शक्तिकी उपाध्यक्ष प्रियंका तामाङले सम्बोधन गरेका थिए।

सभामा सभाध्यक्ष राजू शर्माले अमृत 2.0 परियोजनाको निम्ति वार्ड नम्बर 14 बाट अनुर लामालाई संयोजक अनि कोषाध्यक्ष रबीन गोलेलाई पदभार दिँदै सम्पूर्ण वार्डबाट छनौट गरी कमिटी गठन गर्न आग्रह गरे। यसका साथै आगामी विधानसभा चुनाउकोे निम्ति स्वयं नै संयोजक बसेर कार्य गर्ने घोषणा गरे। दोस्रो चरणमा वार्ड नम्बर 18 मा वार्डका वरिष्ठ सदस्य जेपी तामाङकाे अध्यक्षतामा सभा सम्पन्न भयो। सभालाई टाउन कमिटी नारी शक्तिकी अध्यक्ष देवकी प्रधान सुब्बा, टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, महकुमा नारी शक्तिकी अध्यक्ष सबिता कार्की, खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ र टाउन कमिटीका सांगठनिक सचिव मैत्र सेन शर्माले सम्वबोधन गरेका थिए।

सभामा आगामी विधानसभा चुनाउ 2026 को निम्ति वार्ड नम्बर 18 बाट संयोजक रोमा गुरुङ, नयन गुरूङ, कोषाध्यक्ष सुजाता प्रधान, ज्योति थापा, किशोर प्रधान, दिनेश शर्मासँगै 40 जनालाई लिएर कमिटी गठन गरिएको छ। यसका साथै वार्डबाट कुलदीप अग्रवाल, एन गोयंका, नरेन प्रधान, जेपी तामाङ लगायत 12 जनाको अमृत 2.0 परियोजना निर्माण कमिटी पनि गठन गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande