
कोलकाता, 28 फरवरी (हि.स.)। कोलकातामा दोल यात्रा अगावै राजनीतिक रंग बढ़ेको देखियो जतिबेला दिलीप घोषलाई इको पार्कमा मर्निंग वक अवधि केसरी रंगको अबीर खेल्दै गरेको देखियो। भाजपाका पूर्व प्रदेश अध्यक्ष ‘रंग बरसे’-को धुनमा नाँच्दै थिए। एसआईआरपछि बंगालमा मतदाता सूची जारी हुने दिन उनको यो शैलीले राजनीतिक जगतमा नयाँ चर्चालाई जन्म दिएको छ।
कोलकातामा हुँदा उनी दिनहुँ इको पार्कमा मर्निंग वक गर्न जाने गर्दछन्। पिरिचित तथा आम प्रातः भ्रमणमा आएका मानिसहरूसित बातचित गर्दै गरेको पनि उनलाई देखिन्छ। आगामी मंगलवार दोल उत्सव छ। दोलको दिन आम मानिसहरूदेखि लिएर राजनीतिक नेता-नेत्रीहरू समेत रंगमा रंगिन्छन्, तर दिलीप घोष तीन दिन अगावै रंगमा रंगिएका छन्। शनिवार बिहान उनी इको पार्कमा पुगेका थिए। त्यहाँ उनलाई परिचित तथा समर्थकहरूसित अग्रिम दोल-होलीको रंगमा रमाइरहेको देखियो। अबीर उड़ाइयो अनि ‘रंग बरसे’ गीतकोधुनमा नाँच्दै गरेको पनि उनलाई देखियो। शिरमा पगड़ी बाँधेर अबीर लगाएका घोष उत्साहमा डुबेका थिए।
उल्लेखनीय छ, शनिवार नै एसआईआरपछि बंगालको पहिलो पूर्ण मतदाता सूची प्रकाशित गरिनेछ। यसलाई लिएर राज्यभरि नै विभिन्न वर्गहरूमा चर्चा भइरहेको छ। शनिवार बिहान अबीर दलेर उत्साहित देखिएका ‘दबंग’ नेतालाई लिएर राजनीतिक जगतमा पनि साउती शुरू भएको छ।
यस अवसरमा दिलीप घोषले भने, “ममता ब्यानर्जीले मानेकी छन् कि एक कड़ोर 20 मानिसहरूको नाम हटाइनेछ। हामीले पनि त यही गरिरहेका थियौं। त्यसो हो भने ढिलो गरी किन स्वीकार गरेकी?” उनले भने, “उनैले लोकसभामा भनेकी थिइन् कि बंगाल अनुप्रवेशकारीहरूले भरिएको छ। 20 वर्ष बितिसक्दा पनि उनले एक जना अनुप्रवेशकारीलाई हटाउन सकिन् र? पश्चिम बंगालका मानिसहरूले यतिका दिनसम्म बोझ बोकिरहेका छन्। अब त्यसलाई उतार्नेछौं।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा