भूकम्प आउने क्रम जारी, शुक्रवार अबेर राति 3.1 तीव्रताकाे भूकम्प महसुस
earthquake sikkim


गान्तोक, 28 फरवरी (हि.स.)। सिक्किममा सामान्यदेखि मध्यम तीव्रताका भूकम्पका झट्काहरू लगातार आइरहेका छन्।गत 9 फरवरीदेखि शुरू भएकाे याे क्रम अझै थामिएकाे छैन। शुक्रवार अबेर राति पनि नाम्ची जिल्लामा भूकम्प आएकाे छ। भूकम्पले जनधनलाई क्षति पुगेकाे सूचना छैन।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, शुक्रवार अबेर राति 1:47 बजी नाम्ची जिल्लामा भूकम्पकाे हल्का झट्का महसुस गरियाे। भूकम्पकाे तीव्रता रिक्टर स्केलमा 3.1 रेकर्ड गरिएकाे छ। भूकम्पकाे केन्द्र जमिनदेखि 5 किलाेमिटर मुनि थियाे। भूकम्पले जनधनलाई क्षति पुगेकाे सूचना प्राप्त भएकाे छैन।

उल्लेखनीय छ, सिक्किम सरकारका राहत आयुक्त रिन्जिङ छेवाङ भाेटियाले शुक्रवार आयाेजित एक पत्रकार सम्मेलनमा गत 9 फरवरीदेखि यता सिक्किमलाई केन्द्र बनाउॅंदै 41 पल्ट भूकम्प आएकाे जानकारी गराएका थिए। उनले हिमालय क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेकाे र यस्ता घटनाहरू सामान्यतया ठूलो चिन्ताको विषय होइनन् भनी स्पष्ट गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande