
कोलकाता, 28 फरवरी (हि.स.)। हावड़ाको पिलखाना क्षेत्रमा भएको प्रोपर्टी कारोबारी मोहम्मद शफिक खानको हत्याको मामिलामा पुलिसलाई महत्वपूर्ण सफलता हासिल भएको छ। पुलिस हिरासतमा रहेको एकजना आरोपीसित जाँचबुझ गरेपछि हत्या गर्दा उपयोग गरिएको हतियार जफत गरिएको छ।
पुलिस कमिश्नरेट सूत्र अनुसार बउबजार थाना क्षेत्र निवासी आरोपी मोहम्मद वकिल उपनाम मुन्नाको घरको पानी ट्याङ्कीबाट दुई वटा आग्नेयास्त्र र दुई वटा म्यागजिन जफत गरिएको छ। यी बन्दुकहरूलाई गए शुक्रवार राति विशेष अभियानको क्रममा जफत गरिएको हो।
हावड़ा पुलिस कमिश्नरेटद्वारा शनिवार बिहान जारी एक बयानमा बताइएको छ, आरोपी वकिलले जाँचबुझमा खुलासा गऱ्यो कि मुख्य आरोपी हारून खान र रफाकतले गत 25 फरवरीको बिहान हत्याको घटनालाई परिणाम दिएपछि हतियारहरू उसलाई जिम्मा दिएका थिए। त्यसपछि हतियारहरूलाई लुकाउनको लागि पानीको ट्याङ्कीमा राखिएको थियो।
यसपूर्व गोलाबाड़ी थाना पुलिसले मोहम्मद बिलाल उपनाम रिंकु, मोहम्मद वकिल उपनाम मुन्ना र दिलदार हुसैनलाई पक्राउ गरेको थियो। आरोप छ, यिनीहरूले फायरिंग गर्ने मुख्य आरोपीहरूलाई भाग्नमा सहयोग गरेका थिए। हत्यापछि मुख्य आरोपी जोरासांको क्षेत्रमा बिलालको ठेगानामा लुकेको थियो।
मुख्य आरोपी हारून खान र रफाकतलाई खोज्नको लागि पुलिसले छापामारी गरिरहेको छ। सम्पूर्ण मामिलाको जाँच द्रूत गतिमा अगाड़ी बढ़िरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा