पक्षीहरूको मृत्युको सूचना तुरुन्तै पशु चिकित्सा कार्यालयमा रिपोर्ट गर्न आग्रह
पक्षीहरूको मृत्युको सूचना तुरुन्तै पशु चिकित्सा कार्यालयमा रिपोर्ट गर्न आग्रह


नाम्ची, 28 फरवरी (हि.स.)। सिक्किमका कतिपय ठाउॅंहरूमा पक्षीहरूको मृत्युका घटनाहरू प्रकाशमा आइरहेका छन्। यस क्रममा नाम्ची बजार नजिकै एउटा काग मरेको रिपोर्ट प्राप्त भएपछि पशुपालन एवं पशुचिकित्सा सेवा विभागको टोलीले घटनास्थलको भ्रमण गर्‍यो। टोलीले निर्धारित एसओपी अनुसार मरेको कागलाई हटाउने काम गर्‍यो।

जानकारी अनुसार, शव कुहिन थालेको अवस्थामा भएकाले प्रयोगशाला पुष्टिकरणको लागि नमूनाहरू सङ्कलन गर्न सकिएन। सावधानी अपनाउॅंदै प्रभावित परिसर र वरपरका क्षेत्रहरूलाई सोडियम हाइपोक्लोराइटले राम्ररी सरसफाई गरियो।

स्थानीय बासिन्दाहरूलाई एभियन इन्फ्लुएन्जा (बर्ड फ्लू) बारे सचेत गराउँदै माइकिङ मार्फत जनचेतना पनि गराइएको थियो। विभागले नागरिकहरूलाई नआतिन र पक्षीहरूको मृत्यु भएमा तुरुन्तै नजिकको पशु चिकित्सा कार्यालयमा रिपोर्ट गर्न आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande