
पूर्व मेदिनीपुर, 28 फ़रवरी (हि. स.)। जिल्लाको महिषादल थाना क्षेत्रमा शनिवार बिहान सड़क किनारमा एक जना नवजात शिशुको शव भेटिनाले खैलाबैला मचियो। घटना पूर्व श्रीरामपुर क्षेत्रको रहेको बताइएको छ।
सूत्र अनुसार स्थानीय मानिसहरूले बिहान सड़क छेउमा शिशुलाई लड़िरहेको देखेपछि तत्कालै पुलिसलाई सूचना दिए। त्यसपछि महिषादल थानाको पुलिसले घटनास्थलमा पुगेर शिशुलाई स्थानीय अस्पतालमा पठाइदियो जहाँ चिकित्सकहरूले नवजातलाई मृत घोषित गरिदिए।
प्राप्त जानकारी अनुसार महिषादल-गेंओखाली ग्रामीण ढलाई सड़कमा शिशुको शव लड़िरहेको देखियो। प्रत्यक्षदर्शीहरूले बताए, शिशुको टाउकोमा चोटको निशान स्पष्ट रूपमा देखिएको थियो। घटनाको खबर फैलिनसाथ ठूलो संख्यामा मानिसहरू घटनास्थलमा भेला भए। स्थानीय मानिसहरूले पहिला क्षेत्रका सिभिक भोलन्टियर पुलिक बेरालाई सूचना दिए त्यसपछि थाना पुलिसलाई खबर दिइयो।
स्थानीय मानिसहरूले बताए, बिहान कोही चिच्याएको आवाज सुनेर उनीहरू घटनास्थलमा पुगे। पहिला उनीहरूलाई यस्तो लाग्यो कि कुनै सर्प वा जंगली जनावर निक्लेको छ, तर नजिक गएर हेर्दा नवजात शिशुको शव देखियो।
थाना प्रभारी पीयूष कान्ति मण्डलले बताए, शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। मामिलाको जाँचशुरू गरिएको छ साथै स्थानीय आशा कर्मीहरूसित पनि सम्पर्क गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा