
पश्चिम मेदिनीपुर, 28 फरवरी (हि. स.)। शनिवार बिहान गड़बेता थाना क्षेत्रको शाखाबाई जंगलमा एक जना युवकको शव भेटियो। घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ। पुलिस सूत्रानुसार बथानबाट छोड़िएको एउटा जंगली हात्तीको हमलामा परी युवकको मृत्यु भएको हो जसको नाम सौरभ पालोई (28) हो जो गड़बेता थाना क्षेत्रको भोमराडांगा गाउँका निवासी थिए। शवलाई गड़बेता थाना अधिनस्थ चन्द्रकोणा रोड चौकीको पुलिसले आफ्नो कब्जामा लिएको छ। मामिलाको जाँच शुरू गरिएको छ।
पुलिस औ स्थानीय सूत्र मुताविक शनिवार बिहान सौरभ कुनै कामले घर नजिकै अवस्थित शाखाबाई जंगलमा गएका थिए। यसै अवधि हात्तीले हमला गरेको कारण उसको घटनास्थलमै मृत्यु भयो। केही समयपछि स्थानीय मानिसहरूको उसको शवलाई जंगलमा लड़िरहेको देखेर पुलिस अनि ग्रामीणहरूलाई सूचना दिए। सूचना पाउनसाथ चन्द्रकोणा चौकीको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई द्वारिगेड़िया ग्रामीण अस्पतालमा पठाइदियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। घटनाको खबर पाउनसाथ चन्द्रकोणा रोड रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगे।
वन विभागले प्राथमिक रूपमा यसलाई दलबाट छुटेको हात्तीको हमला मानेको छ। चन्द्रकोणा रेञ्जका रेञ्ज अधिकारी विद्युत सिंहले भने, यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो। हात्तीको हमलामा युवकको मृत्यु भयो। शवलाई पोस्टमर्टमको लागि मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। 24 घण्टाभित्रमा परिवारलाई क्षतिपूर्ति सुम्पिइनेछ। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा