असमका मुख्यमन्त्रीले बिहारका आफ्ना समकक्ष नीतीश कुमारलाई जन्मदिनको शुभकामना दिए
असमका मुख्यमन्त्रीले बिहारका आफ्ना समकक्ष नीतीश कुमारलाई जन्मदिनको शुभकामना दिए


गुवाहाटी, 01 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज बिहारका मुख्यमन्त्री नीतीश कुमारलाई जन्मदिनको हार्दिक शुभकामना दिए।

आफ्नो सोशल मीडिया सन्देशमा डा. सरमाले भने, नीतीश कुमारको दूरदर्शी नेतृत्वमा बिहारले जनकेन्द्रित सुशासनको एक नयाँ युगलाई देखेको छ भने राज्यले प्रगति, विकास तथा समावेशी वृद्धिको दिशामा निरन्तर नयाँ उचाईहरूलाई छोइरहेको छ।

मुख्यमन्त्रीले माँ कामाख्या र महापुरुष श्रीमन्त शंकरदेवसित उनको उत्तम स्वास्थ्य एवं दीर्घायु जीवनको प्रार्थना गर्दै भने, उनी जनसेवाको कार्यमा निरन्तर समर्पित रहुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande