
गुवाहाटी, 01 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, श्रीभूमि जिल्ला पुलिसद्वारा गरिएको एक मध्यरात्रि अभियानमा 21 जना अवैध प्रवासीहरूलाई बंगलादेश फर्काइयो।
सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी मुख्यमन्त्रीले भने, यो अभियान लगभग साढ़े बाह्र बजी राति गरिएको थियो। उनले जिल्ला पुलिसको सतर्कताको प्रशंसा गर्दै भने, प्रवासीहरूलाई समातियो, उनीहरूको दस्तावेजीकरण गरियो अनि उनीहरूलाई फर्काइयो।
मुख्यमन्त्रीले साेशल मीडियामा लेखे, सतर्क नजर। मध्यरात्रिको कारबाही। ठीक 12:30 बजी 21 जना अवैध प्रवासीहरूलाई उनीहरूको देशमा फर्काइयो। उनले पुलिसकर्मीहरू रातभरि सतर्क रहेकोमा प्रशंसा गरे।
अधिकारीहरूले भने, यो कारबाही अवैध प्रवासीहरूको बारेमा पत्तो लगाउने तथा निष्कासित गर्नको निम्ति भइरहेका प्रयासहरूको एक भाग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा