
नगाउँ (असम), 01 मार्च (हि.स.)। नगाउँ जिल्लान्तर्गत रूपाहीहाटमा आइतवार एक निजी स्कूलमा अचानक आगो लाग्यो जसबाट स्कूल भवन अनि सम्पत्तिलाई ठूलो नोक्सान पुगेको छ।
यो घटना ज्ञान विकास विद्यापीठ सीनियर सेकेण्डरी स्कूलमा भएको हो। प्रत्यक्षदर्शीहरू अनुसार आगो अचानक लाग्यो अनि क्षणभरमै सम्पूर्ण परिसरमा फैलियो। घटनास्थलमा मानिसहरू भेला भएपछि आगोले बिल्डिंगलाई आफ्नो चपेटमा लिँदै गरेको देखियो।
यस घटनामा कड़ोरौं रुपियाँको सम्पत्ति नष्ट भएको आशंका छ। तथापि मानिसहरूले आरोप लगाए, आगो लागिरहँदा पनि फायर तथा इमरजेन्सी सर्भिसका मानिसहरू तथा एसडीआरएफका टीम घटनास्थलमा उपस्थित थिएनन्।
आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। सूचना छ, फायर अनि इमरजेन्सी सर्भिसको टीम बिल्डिंग जलेर खरानी भएपछि मात्र घटनास्थलमा आइपुग्यो। कारबाही गर्न विलम्ब गरेको आरोप लगाउँदै मानिसहरूले फायर अधिकारीहरूलाई घेराउ गरे अनि विरोध प्रदर्शन गरे। दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा