
गुवाहाटी, 01 मार्च (हि.स.)। हिमन्त बिस्व सरमाले भारतीय जनता पार्टी (भाजपा) असम प्रदेशका उपाध्यक्ष एवं असम इण्डस्ट्रिज डेभलपमेन्ट कर्पोरेशनका अध्यक्ष तपन कुमार गोगोईलाई जन्मदिनको हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, गोगोई राज्यको औद्योगिक विकासलाई गति दिनका लागि निरन्तर प्रयासरत छन्। उनले संगठनलाई धरातलीय स्तरमा सशक्त बनाउनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
मुख्यमन्त्री डा. सरमाले कामाख्या माता एवं महापुरुष श्रीमन्त शंकरदेवसित प्रार्थना गरे, उनीहरूले गोगोईलाई सुस्वास्थ्य एवं दीर्घायु प्रदान गरून् ताकि यसरी नै उनी जनसेवामा सक्रिय रहिरहन सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा