गुवाहाटीमा कार व्यवसायीको अपहरण, 45 हजारको लूट
गुवाहाटीमा कार व्यवसायीको अपहरण, 45 हजारको लूट


गुवाहाटी, 01 मार्च (हि.स.)। पाँच लागूऔषध दुर्व्यसनी युवाहरूको समूहले हिजो राति गुवाहाटीको सातगाउँ क्षेत्रबाट कार व्यवसायी महिदुल अलीलाई अपहरण गरेको आरोप छ। उनीहरूले व्यवसायीबाट 5 लाख रूपियाँको माग गरेको आरोप छ।

जानकारी अनुसार, अभियुक्तहरूले महिदुल अलीलाई बलजफ्ती आफ्नो कब्जामा लिए र 5 लाख रुपियाँको माग गरे। उनले अस्वीकार गर्दा, युवाहरूले उनीसित कुटपिट गरे। त्यसपछि उनीहरूले उनीबाट 45 हजार रूपियाँ नगदी र सुनको चेन खोसेर भागे।

घटनाको जानकारी पाएपछि पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ। अभियुक्तको पहिचान र पक्राउ गर्ने प्रयास भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande