हुगली आइपुग्यो केन्द्रिय सुरक्षा बल
हुगली आइपुग्यो केन्द्रिय सुरक्षा बल


हुगली, 01 मार्च (हि. स.)। राज्यमा विधानसभा चुनाउको मिति घोषणा भएकै छैन अहिलेबाटै अप्रिय घटनादेखि बच्नको लागि केन्द्रिय सुरक्षा बलहरूलाई तैनाथ गर्न शुरू गरिएको छ। यसै क्रममा आइवार सबेरै हुगली जिल्लामा केन्द्रिय बलका जवानहरू आइपुगे।

प्राप्त जानकारी अनुसार जवानहरूको यो दल आइतवार भोर बिहान डानकुनी स्टेशनमा आइपुगेको छ। चन्दन नगर पुलिस कमिश्नरेटको सूत्रले बतायो, पहिलो चरणमा पाँच अनि पछि तीन कम्पनी केन्द्रिय बल कमिश्नरेट क्षेत्रमा आउनेछ। यिनीहरूलाई विभिन्न थाना क्षेत्रमा तैनाथ गरिनेछ।

यस अतिरिक्त हुगली ग्रामीण पुलिस क्षेत्रको लागि पनि अलग्गै केन्द्रिय बललाई पठाइनेछ। यसपूर्व नदिया र मालदह जिल्लामा पनि केन्द्रिय सुरक्षा बल आइपुगिसकेको छ।

प्रशासन अनुसार केन्द्रिय बलहरूको यो अग्रिम तैनाथी मुख्य रूपमा आम मानिसहरूबीच सुरक्षा, भरोसा अनि मनोबल बढ़ाउने उद्देश्यले गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande