ईरानको घटनाक्रमबीच मुख्यमन्त्री उमर अब्दुल्लाले शान्ति राख्ने अपील गरे
ईरानको घटनाक्रमबीच मुख्यमन्त्री उमर अब्दुल्लाले शान्ति राख्ने अपील गरे


जम्मू, 1 मार्च (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले आइतवार ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको हत्यासित सम्बन्धित रिपोर्ट सहित ईरानमा भइरहेका घटनाक्रमलाई मध्यनजर गर्दै सबै समुदायलाई शान्ति कायम राख्ने आग्रह गरे। त्यहाँको स्थितिमाथि गहिरो चिन्ता व्यक्त गर्दै एक्सको एउटा पोस्टमा जम्मू-कश्मीरको सीएम कार्यालयले लेख्यो, मुख्यमन्त्रीले मानिसहरूलाई यस्तो कुनै पनि कार्य गर्नदेखि बच्ने अपील गरे जसबाट तनाउ वा अशान्ति फैलिनसक्छ अनि संयम तथा साम्प्रदायिक सद्भावको आवश्यकतामाथि बल दिए। उनले भने, जम्मू-कश्मीर सरकार वर्तमानमा ईरानमा रहेका विद्यार्थीहरू सहित जम्मू-कश्मीरका बासिन्दाहरूको सुरक्षा अनि भलाई गर्नकालागि भारत सरकारको विदेश मन्त्रालयसित निकट समन्वयमा छ। मुख्यमन्त्रीले दोहोऱ्याए, प्रशासनले स्थितिमाथि नियालेर नजर राखिरहेको छ तथा जम्मू-कश्मीरका नागरिकहरूको हित रक्षार्ध प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande