
श्रीनगर, 1 मार्च (हि.स.)। नेशनल कन्फ्रेन्सका अध्यक्ष फारूक अब्दुल्लाले आइतवार अमेरिका तथा इज़राइलको संयुक्त हमलामा ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको हत्यामाथि गहिरो दुःख व्यक्त गरे। सत्तारूढ़ नेशनल कन्फ्रेन्स (एनसी)-ले यहाँ एक बयानमा भन्यो, अब्दुल्लाले यस कृत्यको कड़ा निन्दा गरेका छन् तथा यसलाई क्षेत्रमा शान्ति अनि स्थिरताको लागि गम्भीर प्रभावयुक्त एक दुःखदायी तथा अस्थिर गर्ने घटनाक्रम बताएका छन्।
पूर्व मुख्यमन्त्रीले भने, यस्ता घटनाहरूले अनिश्चितता तथा दुःखलाई अझ् गहिराउँछ साथै ज्ञान, संयम र न्याय र अन्तरराष्ट्रिय कानूनका सिद्धान्तहरूलाई पालन गर्ने तत्काल आवश्यकतालाई रेखांकित गर्दछ। अब्दुल्लाले शान्तिको अपील गरे अनि प्रशासनसित संवेदनशीलता तथा विवेकले स्थितिलाई सम्हाल्ने आग्रह गरे। ईरानी सरकारी मीडियाले आइतवार सबेरै पुष्टि गऱ्यो, इजराइल र अमेरिकाको हमलामा खामेनेई मारिए। हमलामा उनका ज्वाईँ र बुहारीको पनि मृत्यु भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा