जम्मू-कश्मीरको डोडामा भूकम्पको झट्का महसूस गरियो
जम्मू-कश्मीरको डोडामा भूकम्पको झट्का महसूस गरियो


जम्मू, 1 मार्च (हि.स.)। आइतवार सबेरै जम्मू-कश्मीरको पहाड़ी डोडा जिल्लामा 4.2 तीव्रताको भूकम्प आयो।

सम्बन्धित अधिकारीहरूले बताए, भूकम्पको कारणले कुनै पनि क्षेत्रबाट कुनै पनि प्रकारको क्षय-क्षतिको खबर प्राप्त भएको छैन। मौसम विभागका एकजना अधिकारीले बताए, भूकम्पको झट्का अबेर राती 01 बजेर 25 मिनटमा महसूस गरियो। अधिकारीले अझ बताए, भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमीटर गहिराईमा 33.08 डिग्री उत्तर अक्षांश औ 76.17 डिग्री पूर्व देशान्तरमा थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande