
श्रीनगर, 01 मार्च (हि.स.)। ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको हत्याको विरोधमा उपत्याकामा भइरहेको व्यापक प्रदर्शनलाई मध्यनजर गर्दै जम्मू-कश्मीर सरकारले सतर्कता स्वरूप शिक्षण संस्थानहरूलाई दुई दिनसम्मको लागि बन्द राख्ने फसेला लिएको छ। शिक्षामन्त्री सकिना इटुले भनिन्, विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि सरकारले स्कूल तथा सबै उच्च शिक्षण संस्थानहरूलाई सतर्कताको रूपमा बन्द राख्ने निर्णय लिएको छ।
मन्त्रीले भनिन्, हामीले स्कूल, कलेज तथा विश्वविद्यालयहरूलाई दुई दिनसम्मको लागि बन्द राख्ने फसेला लिएको छ। मन्त्रीले यो पनि भनिन्, सरकारले स्थितिमाथि नजिकबाट निगरानी राखिरहेको छ तथा धरातीयल स्थितिको मूल्यांकन गरेपछि नै शिक्षण संस्थानहरूलाई फेरि खोल्ने निर्णय लिइनेछ।
अमेरिका र इजराइलको संयुक्त हमलामा ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको हत्या भएपछि जम्मू-कश्मीरमा व्यापक प्रदर्शन शुरू भयो। स्मरण गराइन्छ, दुई महिनाभन्दा अधिकको शीतकालीन अवकाशपछि सोमवार आठौंं कक्षासम्मका स्कूलहरूलाई फेरि खोल्नको लागि पूर्ण रूपले तयार थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा