होली-दिपावली निःशुल्क एलपीजी सिलेण्डर योजना सोमवारदेखि राष्ट्रपतिद्वारा शुभारम्भ गरिने
होली-दिपावली निःशुल्क एलपीजी सिलेण्डर योजना सोमवारदेखि राष्ट्रपतिद्वारा शुभारम्भ गरिने


नयाँ दिल्ली, 01 मार्च (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले सोमवार इन्दिरा गान्धी इण्डोर स्टेडियममा आयोजित कार्यक्रममा होली अनि दिपावलीमा दिल्लीका सबै राशन कार्ड धारक परिवारहरूलाई प्रतिवर्ष दुई वटा निःशुल्क एलपीजी सिलेण्डर प्रदान गर्ने योजनाको औपचारिक रूपमा शुभारम्भ गर्नेछिन्।

मुख्यमन्त्री रेखा गुप्ताले आइतवार विज्ञप्ति जारी गर्दै बताइन्, यस योजनाको प्रत्यक्ष लाभ हस्तान्तरण (डाइरेक्ट बेनिफिट ट्रान्सफर)- को माध्यमबाट गरिनेछ। यो राशि एउटा एलपीजी सिलेण्डरको वर्तमान मूल्य बराबर हुनेछ अनि परिवारको मुखियाको आधार-लिंक्ड ब्यांक खातामा जमा गरिनेछ जसको नाममा राशन कार्ड जारी गरिनेछ। लगभग 15.50 लाख राशन कार्ड धारक परिवारहरूलाई कभर गर्ने यो योजना खाना पकाउने इन्धनको खर्चको वित्तीय बोझलाई कम गर्ने तथा परिवारहरूलाई सम्मान र आरामले तिहार मनाउनमा सक्षम बनाउनको लागि बनाइएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande