
बाँकुड़ा/वर्धमान, 01 मार्च (हि.स.)। सर्वोच्च न्यायालयको निर्देशानुसार निर्वाचन आयोगले गए शनिवार वर्ष 2026- को ‘एसआईआर’- को अन्तिम मतदाता सूची जारी गऱ्यो। सूची प्रकाशित हुनसाथ विभिन्न जिल्लाका बूथहरूमा मतदाताहरूको भीड़ उर्लिएको छ। कसैले सूचीमा आफ्नो नाम देखेर राहत महसूस गरे भने कसैको नामको छेउमा ‘विचाराधिन’ (अण्डर एडजुडिकेशन) उल्लेख गरेको पाइयो जसबाट उनीहरूको मतदाता मान्यता अब न्यायिक निर्णयमाथि निर्भर भएको छ। यसरी नै कतिपय मतदाताहरूको नाम अगाड़ि ‘काटियो’ अंकित रहेकोले असन्तोष पनि देखियो।
पश्चिम बर्धमान जिल्लाका नौ वटा विधानसभा सीटको प्रारूप सूचीको तुलनामा लगभग 14 हजार 79 अतिरिक्त नाम हटाइएको छ। जिल्लामा ‘एसआईआर’ हुनअघि 23 लाख 27 हजार 111 मतदाताहरू पञ्जीकृत थिए भने अब अन्तिम सूचीमा 03 लाख 20 हजार 225 नामलाई विलोपित गरिएको छ भने 11 हजार 634 नयाँ मतदातालाई जोड़िएको छ। सबैभन्दा अधिक नाम दुर्गापुर पश्चिम विधानसभा क्षेत्रमा 03 हजार 828 नाम हटाइएको छ। त्यसपछि दुर्गापुर पूर्वमा 02 हजार 591, कुलटीमा 02 हजार 76 औ आसनसोल दक्षिणमा 01 हजार 987 नाम हटाइएको छ। चित्तरञ्जन क्षेत्रमा पनि मतदाताहरूको संख्यामेा उल्लेखनीय कमी दर्ता गरिएको छ।
पूर्व बर्धमान जिल्लाको कालना महकुमाको पूर्वस्थली उत्तर विधानसभा क्षेत्रमा सर्वाधिक 01 हजार 750 नाम हटाइएको छ। यस अतिरिक्त कालनामा 01 हजार 376, मन्तेश्वरमा 996 औ पूर्वस्थली दक्षिणमा 01 हजार 332 नाम विलोपित गरिएको छ।
बाँकुड़ा जिल्लामा मोठ मतदाताहरूको संख्या 30 लाख 33 हजार 830 थियो भने प्रारूप सूचीमा 01 लाख 32 हजार 821 नाम हटाइएको थियो जबकि अन्तिम सूचीमा अतिरिक्त 03 हजार 378 नाम थप विलोपित भएको छ।
पुरुलिया जिल्लाको मानवाजार (एसटी) सीटबाट 15 हजार 711 नाम हटाइएको छ भने पुरुलिया विधानसभा क्षेत्रमा सर्वाधिक 24 हजार 742 नाम विलोपित गरिएको छ। अन्य क्षेत्रहरूमा पनि हजारौंको संख्यामा नाम हटाइएकोले राजनीतिक जगतमा चर्ची तीव्र भएको छ।
निर्वाचन अधिकारीहरूले स्पष्ट पारेका छन्, ‘विचाराधिन’ श्रेणीमा रहेका मतदाताहरूले निर्धारित प्रक्रिया अन्तर्गत आवश्यक दस्तावेज प्रस्तुत गरी आफ्नो दावा पेश गर्न सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा