
गुवाहाटी, 01 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, भारतीय जनता पार्टी (भाजपा)- को ‘जन आशीर्वाद यात्रा’- को आज दोस्रो दिन शीघ्र नै प्रारम्भ हुनेछ। उनले सोशल मीडिया सन्देशमा भने, यो यात्रा एउटा राजनीतिक अभियान मात्र होइन, असमको विकास, एकता औ प्रगतिप्रति दृढ़ संकल्पको यात्रा पनि हो।
मुख्यमन्त्रीले भने, जनताका प्रेम, विश्वास एवं आशीर्वादलाई साथमा लिएर यो यात्रा अगाड़ि बढ़िरहेको छ। दोस्रो दिनको यात्रा अवधि उनले जागी रोड, मोरी गाउँ, रोहा, नगाउँ औ बरहमपुर क्षेत्रको दौड़ाह गर्नेछन् जसावधि स्थानीय मानिसहरूसित प्रत्यक्ष कुराकानी गरेर उनीहरूको आशीर्वाद एवं समर्थन प्राप्त गर्नेछन्।
उनले भने, जनताको मार्गदर्शन र सहयोगले सरकारलाई अझ बढ़ी प्रतिबद्ध भएर काम गर्ने प्रेरणा दिन्छ। मुख्यमन्त्रीले बताए, यो यात्रा प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनलाई अघि बढ़ाउन अनि असमलाई अधिक सशक्त र समृद्ध बनाउने दिशामा एक महत्वपूर्ण कदम हो। उनले मानिसहरूलाई आ-आफ्नो क्षेत्रमा यात्रामा सामेल हुने अपील समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा