
कोलकाता, 01 मार्च (हि.स.)। भारतीय संस्कृति संसदद्वारा होलीको रंगारंग कार्यक्रम आयोजना गरियो। यस अवसरमा दर्शकहरूले भरिएको संसद सभागृहमा विविध रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो।
कार्यक्रमकी संयोजिका एवं संस्थाकी उपाध्यक्षा डा. तारा दूगड़ले भनिन्, होली लोक जीवनसित जोड़िएको एउटा यस्तो पर्व हो जसमा माटो र रंग दुवै सामेल छन्। होलीको रंगमा यस्तो जादु छ कि मानिसहरूले शत्रुतालाई भुलेर प्रेमले घुलमिल हुन्छन्। संसद सदस्यहरूद्वारा गणेशजीको धमालबाट कार्यक्रम आरम्भ गरियो। त्यसपछि गीत, नृत्य, कवित र एकल प्रहसन प्रस्तुत गरियो।
सांस्कृतिक प्रस्तुति दिनेहरूमा चित्रा नेवटिया, प्रीति सराफ, इन्दू चांडक, रोहित दूगड़, प्रणय केडिया, शेखर लखोटिया र हर्षद दूगड़ सामेल थिए। सांस्कृतिक कार्यक्रम उपरान्त गजलकार रवि प्रताप सिंहद्वारा काव्य पाठ गरियो जसलाई दर्शकहरूले व्यापक प्रशंसा गरे। संस्थाका उपाध्यक्ष विजय झुनझुनवालाले धन्यवाद ज्ञापन गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा