
बजाली (असम), 01 मार्च (हि.स.)। बजाली जिल्लाको ओकया प्राथमिक स्वास्थ्य उपकेन्द्रमा गए शनिवार राती भीषण आगलागीको घटना घट्यो। यस अग्निकाण्डमा स्वास्थ्य केन्द्रका केही आवासीय भवनहरू पूर्ण रूपले जलेर खरानीमा परिणत भएको छ।
आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। स्थानीय मानिसहरूले आशंका व्यक्त गरेका छन्, आगो नजिकै राखिएको सुक्खा घाँसको थुप्रोबाट सल्केको हुनसक्छ।
सूचना पाए लगत्तै अग्निशमन दलले घटनास्थलमा पुगेर कड़ा परिश्रम गरी आगोलाई नियन्त्रण गऱ्यो। तथापि यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा