
कोलकाता, 1 मार्च (हि.स.)। इस्ट कोस्ट रेलवेले पुरी स्टेशनमा भइरहेको पुनर्निर्माण कार्यलाई केन्द्र गर्दै आगामी तीन महिनासम्मको लागि केही ट्रेनहरूको परिचालनलाई रद्द गर्ने निर्णय लिएको छ। यो कार्य अमृत भारत परियोजना अन्तर्गत गरिँदैछ। खुरडा रोड मण्डलमा विभिन्न तिथिहरूमा पुरीगामी 6 वटा ट्रेनहरूलाई रद्द गरिएको छ भने 30 वटा ट्रेनहरूको मार्गलाई छोट्याइएको छ।
जारी विज्ञप्ति अनुसार-(02839) शालीमार–पुरी स्पेशल 15, 22, 29 मार्च; 5, 12, 19, 26 अप्रेल; 3, 10 मईमा रद्द रहनेछ। (02840) पुरी-शालीमार स्पेशल 16, 23, 30 मार्च; 6, 13, 20, 27 अप्रेल; 4, 11 मईमा रद्द रहनेछ।
(08011) भंजपुर-पुरी स्पेशल मार्च, अप्रेल औ मईका केही निर्धारित तिथिहरूमा रद्द रहनेछ। (08012) पुरी-भंजपुर स्पेशल पनि उपरोक्त अवधिमै विभिन्न तिथिहरूमा रद्द रहनेछ।
(68409) खुरदा रोड-पुरी मेमू 15 मार्चदेखि 15 मईसम्म रद्द रहनेछ। (68410) पुरी-खुरदा रोड मेमू पनि यसै अवधिमा रद्द रहनेछ।
यस अतिरिक्त (12145/12146) लोकमान्य तिलक-पुरी एक्सप्रेस तथा (22201/22202) सियालदह-पुरी दुरन्तो एक्सप्रेस सहित केही महत्वपूर्ण ट्रेनहरूको मार्गलाई आंशिक रूपमा संक्षिप्त बनाइएको छ।
माध्यमिक तथा उच्च माध्यमिक परीक्षापछि अवकाशको दिनमा भगवान जगन्नाथको दर्शन गर्नका लागि ठूलो संख्यामा श्रद्धालुहरू पुरी जाने गर्दछन्। यस्तो समयमा ट्रेनहरूलाई रद्द गरिएको कारणले यात्रीहरूमा निराशा छाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा