प्रकाशित अन्तिम मतदाता सूचीमा ऋचा घोषको नाम विचाराधिन, चुनावी प्रक्रियामाथि उठ्यो प्रश्न
प्रकाशित अन्तिम मतदाता सूचीमा ऋचा घोषको नाम विचाराधिन, चुनावी प्रक्रियामाथि उठ्यो प्रश्न


सिलगढ़ी, 01 मार्च (हि. स.)। पश्चिम बंगालमा गए शनिवार प्रकाशित अन्तिम मतदाता सूचीलाई लिएर ठूलो विवाद उत्पन्न भएको छ। सिलगढ़ीकी अन्तरराष्ट्रिय ख्याति प्राप्त महिला क्रिकेटर ऋचा घोषको नाम विचाराधिनमा दर्ता हुनाले राजनीतिक तथा प्रशासनिक जगतमा खैलाबैला मचिएको छ।

अन्तिम मतदाता सूची सार्वजनिक हुनसाथ यो मामिला सामु आयो जसपश्चात विभिन्न राजनीतिक दलहरूले चुनाउ प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाए।

ऋचाका पिता मानवेन्द्र घोषले बताए, ऋचा वर्षको अधिकांश समय नै राज्य वा देश बाहिर क्रिकेटको सिलसिलामा बस्ने गर्दछन्। विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया अवधि उसको नाममा सुनवाई नोटिस जारी भएको थियो। वार्डका बूथ लेभल अफिसर (बीएलओ)-ले आवश्यक दस्तावेज अनलाइन जमा गराए, तर कुनै समाधान हुन सकेन। अन्तिम सूची प्रकाशित भएपछि ऋचा र उसकी दिदीको नाम विचाराधिन श्रेणीमा परेको छ।

यता आइतवार बिहान 19 नम्बर वार्डकी वाम पार्षद मौसमी हाजरा ऋचाको घरमा पुगिन्। यस अवधि उनले आयोगप्रति रोष व्यक्त गरिन्। उनले भनिन्, यो लज्जाजनक हो कि जसले देशको सुनाम फैलाइन् उसैको नाम मतदाता सूचीमा विचाराधिन श्रेणीमा परेको छ। यदि एकजना अन्तरराष्ट्रिय स्तरकी खेलाड़ीको अवस्था यस्तो छ भने आम मानिसहरूको के स्थिति होला।

यसरी नै मेयर गौतम देवले भने, ऋचा सिलगढ़ी मात्र होइन सारा भारतकी गौरव हुन्। यो चुनाउ आयोगको लापरवाहीको उदाहरण हो। उनले आरोप लगाए, चुनाउ आयोगले केन्द्र सरकारको इशारामा काम गरिरहेको छ। यो सम्पूर्ण मामिलाको जानकारी पार्टी नेतृत्वलाई दिइएको छ।

प्रशासनको पक्षबाट स्पष्टिकरण दिइएको छ, सम्भवतः निर्धारित समयमा आवश्यक दस्तावेज जमा नभएको कारणले यस्तो स्थिति भएको होला। सिलगढ़ी महकुमा प्रशासनले आश्वासन दिएको छ, मामिलाको गम्भीर रूपमा जाँच गरी यथाशीघ्रै समाधान गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande