ट्रेनबाट खसेर व्यक्तिको मृत्यु, शवको पहिचान गर्नमा जुट्यो पुलिस
ट्रेनबाट खसेर व्यक्तिको मृत्यु, शवको पहिचान गर्नमा जुट्यो पुलिस


नोएडा, 01 मार्च (हि.स.)। नोएडाको थाना बादलपुर क्षेत्रमा हिजो राति एक अज्ञात व्यक्ति रेलबाट खसे। घटनामा उनको मृत्यु भयो। पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

बदलपुर थाना प्रभारी अमित भड़ानाले आइतवार भने कि 45 वर्षीय पुरुषको गत शनिवार राति गुड़िरहेको रेलबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो। जानकारी पाएपछि घटनास्थलमा पुगेका उप-निरीक्षक गजेन्द्र सिंहले अनुसन्धान गरे तर मृतकको पहिचान हुन नसकेपछि शव पोस्टमार्टमको लागि पठाइएको थियो। थाना प्रभारीले भने कि पुलिसले नजिकैका बासिन्दा र सामाजिक सञ्जालको सहयोगमा शव पहिचान गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande