गोर्खा किराँत समितिका पूर्व सैनिकहरूले मनाए 20औं रेजिङ डे
गोर्खा किराँत समितिका पूर्व सैनिकहरूले मनाए 20औं रेजिङ डे


देहरादून, 01 मार्च (हि.स.)। 11 गोर्खा किराँती समितिका पूर्व सैनिक एवं उनीहरूका परिवारहरूले आइतवार गल्जवाड़ीस्थित पूर्व सैनिक सामुदायिक भवनमा आफ्नो 20औं रेजिङ डे पुनर्मिलन समारोह पूर्ण उत्साह एवं गरिमाको साथमा मनाए। कार्यक्रममा ठूलो संख्यामा पूर्व सैन्य अधिकारी, पूर्व सैनिक एवं उनीहरूका परिवारजन उपस्थित थिए।

समारोहमा मुख्य अतिथिका रूपमा ब्रिगेडियर एस. मेहता (अ.प्रा.) उपस्थित थिए। कार्यक्रमको शुभारम्भ समितिका अध्यक्ष मेजर पी.बी. गुरूङ एवं मुख्य अतिथिद्वारा शहीद सैनिकहरूलाई श्रद्धाञ्जली अर्पणसितै गरियो। तत्पश्चात दीप प्रज्ज्वलन गरी समारोहको विधिवत उद्घाटन गरियो। मुख््य अतिथिले सबै उपस्थित पूर्व सैनिय अधिकारीगण, पूर्ण सैनिक एवं उनीहरूका परिवारहरूलाई 20औं रेजिंग डेको बधाई एवं शुभकामना दिए।

समितिका मीडिया प्रभारी सुरेश राईले बताए, यस वर्षको आयोजनको विशेषता के रह्यो भने देहरादून जिल्लादेखि बाहिरका पूर्व सैनिक अधिकारीहरू पनि अतिथिका रूपमा सामेल भए। कार्यक्रममा युवा कलकारहरूले गोर्खाली नृत्य एवं गीत-संगीतको प्रस्तुति दिए। पूर्व सैनिकहरूले आफ्नो सैन्य जीवनको अनुभव साझा गर्दै साथीहरूसित पुनर्मिलन गर्न पाउँदा खुसी व्यक्त गरे।

यस अवसरमा वीर नारी एवं पूर्व सैनिकहरूलाई खादा ओढ़ाएर तथा स्मारिका प्रदान गरी सम्मानित गरियो। अन्तमा समितिका अध्यक्षले सबै अतिथि अनि प्रतिभागीहरूप्रति आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande