
पश्चिम मेदिनीपुर, 01 मार्च (हि. स.)। जिल्लामा शनिवार अन्तिम मतदाता सूची प्रकाशित भयो। जारी सूचना
अनुसार मोठ 18 हजार 086 मतदाताहरूको नाम रद्द गरिएको छ भने 01 लाख 03 हजार 496 नाम अहिले पनि विचाराधिन स्थितिमा छ। ड्राफ्ट सूचीपछि पनि 05 हजार 545 मतदाताहरूको नामलाई अन्तिम सूचीबाट हटाइएको छ जसले गर्दा जिल्लामा अनिश्चितताको स्थिति उत्पन्न भएको छ।
जिल्लाका 04 हजार 333 बूथहरूमा एसआईआर प्रपत्र भरिएको थियो। ड्राफ्ट सूचीमा मोठ 38 लाख 12 हजार 556 मतदाताहरूको नाम सामेल थियो। त्यसपछि केही मतदाताहरूको सुनवाई र दस्तावेजहरूको सत्यापन गरियो। प्रक्रिया पूराण भएपछि शनिवार निर्वाचन आयोगले अन्तिम सूची जारी गऱ्यो। यसमा ड्राफ्ट सूचीको तुलनामा अतिरिक्त 05 हजार 545 नाम हटाइएको छ। शुरूदेखि अहिलेसम्ममा मोठ 18 हजार 086 नामलाई रद्द गरिसकिएको छ।
अर्कोतिर 12 हजार 541 नयाँ मतदाताहरूको नाम सूचीमा जोड़िएको छ। सबैभन्दा अधिक नाम खड़गपुर सदर विधानसभा क्षेत्रबाट हटाइएको छ जहाँ 03 हजार 342 मतदाताहरूको नाम रद्द भएको छ। त्यसपछि खड़गपुर विधानसभा क्षेत्रबाट 967 नाम हटाइएको छ।
अन्तिम सूची जारी भएपछि शनिवार सांझ मेदिनीपुर शहरस्थित जिल्लाधिकारी कार्यालयमा सबै राजनीतिक दलहरूका प्रतिनिधिहरूसित जिल्लाधिकारीले बैठक गरे जसमा अग्रिम प्रक्रिया र स्थितिलाई सुचारू ढंगमा लागू गर्ने विषयमा चर्चा गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा