नाजिरामा ‘लभ जिहाद’ मामिलामा युवक पक्राउ
नाजिरामा ‘लभ जिहाद’ मामिलामा युवक पक्राउ


शिवसागर (असम), 01 मार्च (हि.स.)। नाजिरा पुलिसले कथित ‘लभ जिहाद’-सित सम्बन्धित एक मामिलामा गए शनिवार साँझ एकजना युवकलाई पक्राउ गऱ्यो। पक्रा पर्ने युवकको पहिचान आफताब अलीको रूपमेा गरिएको छ जसलाई गुवाहाटीको सोनापुर क्षेत्रबाट पक्राउ गरिएको हो।

पुलिस सूत्र अनुसार आरोपीले सोशल मीडिया प्लेटफर्म फेसबुकमा “राहुल लाहन” नामले नक्कली पहिचान बनाएर हिन्दू युवतीहरूसित सम्पर्क गऱ्यो। आरोप छ, उसले नाजिरा नगरको टकौं अली क्षेत्रकी एकजना हिन्दू युवतीलाई प्रेम प्रस्ताव राखेर नगाउँ लिएर आयो।

हाल आरोपी पुलिस हिरासतमा छ। मामिलाको जाँच जारी छ साथै अग्रिम कानूनी कारबाही पनि गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande