खरसाङमा नेवारी भित्ते क्यालेन्डरको विमोचन
खरसाङमा नेवारी भित्ते क्यालेन्डरको विमोचन


खरसाङ, 01 मार्च (हि.स.)। अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिर पक्षबाट नेवारी भित्ते क्यालेन्डरको विमोचन आइतबार मन्दिर प्रागणमा नेवार संगठनका सदस्यहरूको उपस्थितिमा सम्पन्न गरियो। उक्त नेवारी भित्ते क्यालेण्डरमा नेवार जातिका विभिन्न चाड पर्वहरू सम्बन्धित जानकारी रहेकाले सम्पूर्ण नेवार परिवारजनको घर-घरमा राखिनु पर्ने आह्वान गरिएको छ।

क्यालेन्डरको आधारमा नेवार समुदायले चाड पर्वहरू पालन गर्न सकुन साथै श्री भिमेश्वर मन्दिरमा समय अनुसार गरिने पूजापाठमा प्रत्येक नेवार परिवारजनको सहभागिता रहन सकोस् भन्ने उद्देश्य लिएर खरसाङ आञ्चलिक समितिले नेवारी भित्ते क्यालेण्डर विमोचन गरेको बताइएको छ।

यस अवसरमा अभानेस खरसाङ आञ्चलिक समितिका सदस्यहरूको दुई घरका दिवंगत आत्माहरूको बैकुण्ड बासका लागि एक मिनटको मौनधारण गरेर प्रार्थना गरियो संगठनका उप सभापति मयेजु पुनम प्रधानले जानकारी गराएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande