मुख्यमन्त्रीले युवा क्रिकेटरहरूसॅंग समय बिताए
मुख्यमन्त्रीले युवा क्रिकेटरहरूसॅंग समय बिताए


पाकिम, 01 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज माइनिङ क्रिकेट मैदानमा सिक्किम क्रिकेट एसोसिएशनका युवा खेलाड़ीहरूसॅंग समय बिताए। यस क्रममा मुख्यमन्त्रीले खेलाड़ीहरूका लागि भोजन तयार गरे भने उनीहरूसॅंग अन्तरक्रिया पनि गरे। उनले युवा प्रतिभाहरूसॅंग भेट गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै यस भेटलाई अविस्मरणीय अनुभव बताएका छन्।

मुख्यमन्त्रीले खेलाड़ीहरूका खेलप्रति प्रतिबद्धता, अनुशासन र समर्पणको सराहना गरे। प्रतिभाहरूलाई तृणमूल स्तरमा प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिॅंदै खेलाडीहरूले देखाएको समर्पणले राज्यमा खेलकुदको सकारात्मक सम्भावनालाई संकेत गरेको उनले उल्लेख गरे। उनले युवा खेलाडीहरूलाई सहयोग गर्ने र सिक्किमभरि खेलकुद संस्कृतिलाई सुदृढ़ पार्ने सरकारको प्रतिबद्धतालाई पनि पुन: पुष्टि गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande