मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच प्रदर्शनी क्रिकेट म्याच सम्पन्न
मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच प्रदर्शनी क्रिकेट म्याच सम्पन्न


पाकिम, 01 मार्च (हि.स.)। सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) ले रम्फूको सिक्किम क्रिकेट ग्राउण्डमा आयोजित पहिलो अन्तर विभागीय क्रिकेट टुर्नामेन्टको अन्तिम दिन आज मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच एक प्रदर्शनी म्याच आयोजना गऱ्यो। मुख्यमन्त्री एकादश टोलीको अगुवाई मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए भने मुख्य सचिव एकादशको अगुवाई मुख्य सचिव आर. तेलाङले गरेका थिए।

यस प्रदर्शनी क्रिकेट म्याच आयोजना गर्नुको उद्देश्य विभिन्न विभागका अधिकारीहरू र कर्मचारीहरूको सहभागितालाई प्रोत्साहित गर्नु रहेको बताइएको छ। मुख्यमन्त्री एकादशले पहिले ब्याटिङ गर्दै 25 ओभरमा 116 रन बनायो। लक्ष्यलाई पछ्याउॅंदै मुख्य सचिव एकादशले प्रतिद्वन्दी दललाई तीन विकेटले पराजित गऱ्यो।

प्रदर्शनी म्याचपछि ग्रामीण विकास विभाग र उद्योग एवं वाणिज्य विभागबीच पहिलो अन्तर विभागीय क्रिकेट टुर्नामेन्टको फाइनल खेल सम्पन्न भएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande